Bikalpa's Blog

Thursday, May 30, 2013

Light Painting

फोटो खिच्ने यो तरिकालाई लाईट पेन्टिङ् (Light Painating) भनिन्छ।  क्यामेरा को सटर स्पिडलाई लामो बनाएर खिचिने यस प्रकारको फटोमा कुनै एउटा प्रकाशको स्रोत (जस्तै टर्च लाइट) को माध्यामले क्यामेरामा बिभिन्न आक्रिति बनाईन्छ।
चाहिने उपकरणहरु:
क्यामेरा (सटर स्पिड घट-बढ गर्न मिल्ने)
ट्राइपड अथवा क्यामेरा अड्याउन मिल्ने ठाउ
टर्च
काठ, डोरि
कसरि खिच्ने

1) सर्वप्रथम आफ्नो क्यामेरालाई ट्राइपड वा नहल्लाई अड्याउन मिल्ने ठाउमा आफु काहा उभ्भिने त्यतै फर्काएर राख्नुहोस्।
2) क्यामेरा को सेटिङ् म्यानुअल (M) मा लगि सटर स्पिडलाई (shutter speed) ३० सेकेन्ड बनाउनुहोस्। सटर स्पिड ३० सेकेन्ड राख्नुको मतलब अब क्यामेरा ३० सेकेन्ड सम्म खुला रहन्छ र सो अबधिमा यसले जेजे देख्यो त्यो सबै फोटोमा कैद गर्छ ।
3) ISO लाई 100 मै छोडदिनुस्। एपेरेचर apperature लाइ चाहि ११ बनाउनुहोस् (f 11).
4) क्यामेरालाई  10 second self timerमा लानुहोस्। यसको अर्थ तपाईले बटम थिचेको १० सेकेन्ड पछि क्यामेराको सटर ३० सेकेन्ड सम्म खुल्ला रहन्छ।
एक चोटि shutter release button थिचेपछि तपाई संग १० सेकेन्ड हुन्छ आफ्नो स्थानमा पुगेर तयार हुनलाई। १० सेकेण्डपछि सटर खुलेको आवाज आउनासाथ कुचि (टर्च) अन गर्नुस र थाल्नुहोस् क्यानभास पेन्ट गर्न :)। ३० सेकेन्ड पछि क्यामेरा आफै अफ हुन्छ। यसरी खिचेको फोटोहेरेर केहि मिलेको छैन भने सेटिङ्मा तलमाथि गरेर एडजस्ट गर्न सकिन्छ।






माथिको तिनैबटा फोटोहरु मा मैले टर्चलाइटलाई लैरो मा बाधेर तल- माथि दाया बाया हल्लाएर खिचेको हु।
यो फोटो खिच्दा टर्चलाईटलाई डोरिमा बाधे र आफ्नो वरिपरि जोडले घुमाए। मैले प्रयोग गरेको टर्चलाई झिप बल्ने निभ्ने  बल्ने निभ्ने बनाउन मिल्ने थियो।  तल राखिएको पानको पातको फोटो त्यसरिनै खिचेको हुँ।
 यो बिधिबाट आकृतिहरु मात्र नभएर अक्षरहरुपनि लेख्न/बनाउन सकिन्छ। मैले नेपाल लेख्न गरेको प्रयास
Keep painting, Keep snapping :))

No comments: