म बसेको ठाउँ नर्थह्याम्पटन (Northampton) बाट प्लेन चढ्न हिथ्रो, लंण्डन पुग्न पर्ने भएकोले बिहानै लागियो बस चढ्न बसपार्क तिर। बिहान ४ बजे सुनसान बसपार्कमा मेरो सुटकेस।
एयरपोर्ट को एउटा दृश्य
त्यतिबेला पुस्तक प्रदर्सनि भइराखेको थियो राष्ट्रिय सभा गृहमा। सोहि पुस्तक मेलामा किनिएका किताबहरु। यध्यपि दशैको चटारोले पढ्न भने भ्याइएन।
TFC-Nepal ले आयोजना गरेको सहयोग कार्यक्रमा सामेल हुन पाउदा सार्है खुसि लाग्यो। TFC-Nepal को बारेमा र भैसेपाटिमा भएको सो कार्यक्रमको बारेमा वृस्तित जानकारिको लागि यँहा क्लिक गर्नु होला।
स्वयंभुको बुध्दपार्क को एउटा दृश्य
बुद्धपार्कको अर्को दृश्य
यसै बिच एकदिन भाईलाइ रिसिभ गर्न एयरपोर्ट जानु पर्यो। प्रतिक्षालयमा आफन्त कुर्दै सर्वसाधारण
काठमाण्डुको ब्यस्त असन
यो पनि असन
यो चाहि म बस्ने ठाउको असन ;) हामी नेपालीहरु यसलाई अझ कालिमाटी भन्छौ। खासगरि तरकारि र फलफुलको स्टलहरु धेरैहुने यस्ता हाटबजारहरु वेलायतका प्राय सबै सहर बजारहरुमा हुन्छन्। डिपार्टमेन्टल स्टोर भन्दा सस्तो हुने भयकोले तरकारि र फलफुल प्रायजसो हामीहरु यहिबाट किन्छम् ।पैसा कसरी हो भनेर सोध्नुहुन्छ भने १ भाडो को मात्र £1
काठमाण्डु दरबार स्कायरको मन्दिर। मन्दिरको नाम चाहि मलाई थाहा भएन कसैलाई थाहा छ भने भनम है
सोहि मन्दिर फरक कोड बाट
असनमा बेच्न झुण्ड्याइएका ब्यागहरु
माथिका दुबै तस्बिरहरु सपरिबार मनकामना दर्शन गर्न जादा खिचेको हु।
दशैंको पुर्वसन्ध्यामा खुलामञ्चमा किनमेल गर्ने मान्छेको भिड
काठमाण्डौमा छुट्टै चुरापोते बजार छ भन्ने कुरा मलाई थाहा थिएन।
पोते कसरी हो साहुजि?????
Add caption |
यस बारेमा धेरै लेखिएको र पढिएको छ पत्रपत्रिकामा- त्रिभुवन विमानस्थलको थुप्रै चरणको सुरक्षा जाच पार गरेर बिमान चढ्न तयार रहेका यात्रुहरुलाई भारतीय विमान कम्पनिहरुले जहाज चढ्नु अगि छुट्टै चेक जाच गर्दछन् र यहां पनि त्यहि भइरहेको छ।
रमाइलो कुरा त के छ भने लण्डन बाट मुम्बइ पनि यहि जेट एयरबेजमै गएका थियौ। त्याहाँ त चेकिङ्को च पनि गरेथेनन्। छोरीनै दिउला जस्तो गरेर काउलो पार्थे। नेपाल बाट उड्ने प्लेनलाई मात्र किन त???
नेपालबाट बाहिर जादा मुम्बईको Chhatrapati Shivaji International Airport मा ट्रान्जिट पर्यो र नेट चलाउन मन लाग्यो भने गेट नं २ मा जानुहोला। भन्न त "Free Wifi का सुबिधा हे" भन्दो रहेछ तर त्यसको लागि भारतिय सिम चाहिदो रहेछ ।अब ट्रान्जिटमा बसेको मान्छे संग कहाबाट हुनु भारतिय सिम। त्यसैले नेट चलाउन मन लागे गेट नं २ को बायाँतिर रहेको कम्प्युटरबाट नेट चलाउन सकिन्छ। माथिको फोटो त्यहि नेट चलाउने ठाउ को हो।
{सम्पुर्ण फोटोहरु मोबाइल (Galaxy S2) बाट खिचिएका हुन्}
2 comments:
Nice.....
Blog Man Paryo. Dherai Photo Post gardai garnuhola.
Post a Comment