Bikalpa's Blog

Sunday, May 13, 2012

जातिय राज्य जिन्दाबाद


के तपाई आफु र आफ्नो जाति पिछडिनुमा बाहुन र छत्रि लाई दोसि मान्नुहुन्छ?? के तपाई आफ्नो जाति को छुट्टै राज्य होस भन्ने चाहनुहुन्छ? के तपांई भोलि बन्ने सम्बिधानमा आफ्नो जातिको पहिचान होस भन्ने चाहनुहुन्छ?? यदि चाहनुहुन्छ भने आउनुहोस आजै आफ्ना मागहरु जोड-दार, फोड-फाड, मोड-माड, मारा-मार,र हाना-हान ढङ्गले अगाडि राखौ र आफ्नो मनले रोजेको, ट्याक्क मिलेको राज्य मागौ।
तपाइहरुको यहि माग लाइ ध्यानमा राखि ‘रास्ट्र टुक्राउ- अस्मिता लुटाउ’© अभियान सगौरभ प्रस्तुत गर्दछ-एक जाति एक राज्य को अबधारणा। यस युगान्तकारि, क्रान्तिकारि, परिबर्तनकारि, बिखन्डनकारि, Ass kicking, Nobel prize winning, own state owing  धारणा अनुसार नेपालमा बसोबास गर्ने हरेक जनजाति चाहे लेप्चा हुन या लोहार, थामि हुन् या दशनामि सबैको  आफ्नै छुट्ठै राज्य हुनुपर्छ, चाहे त्यो जातिको सम्पुर्ण जनसङ्ख्या मिलाएर एउटा फुटबल टिमनै नबनोस। 

केहि उपबुर्जुकहरु जातियताको आधारमा नै किन राज्य चाहियो भनेर कुर्लन सक्छन त्यस्ता बज्रस्वाँठहरुका लागि जातिय राज्यका फाइदाहरु
  • ·         एकात्मक प्रणालि हुदा नामोनिसान नदेखिने, नसुनिने जातिय नेताहरु जातिय राज्य हुने बित्तिकै राता-रात बरिस्ठ नेतामा गनिन पुगिने
  • ·         जतिय राजनितिमा लाग्नुभएको छैन भनेपनि नया बन्ने राज्यमा कम्तिमा पनि सचिब या राजदुत सरहको पोस्ट पड्काउन पाइने
  • ·         बिदेस भ्रमण कति हो कति
  • ·         मापसे मा परियोभने म फलानो प्रान्तको सहायक-उप-राज्य मन्त्रि भनेर छुट्न पाइने
  • ·         छुट्टै ग्याङ (जाति अनुसारको) बनाएर हप्ता, फिरौति, चन्दा आदि उठाउन पाइने, आदि इत्यादि

लै केन्द्रले यो कुरा पनि मान्यो रे (मानिलिउ एकछिनलाइ) तर कुरा मानेर मात्र त हुदैन। राज्य कसरि छुट्याउने?? धन्दा नलिनुहोस्, हामि संग त्यसको पनि समाधान छ
सबभन्दा पहिले हाम्रा मधेसि बबुवाहरुको हितलाइ दिमागमे राख्दै हमलोगोने नेपालको दछिनि सिमानामा  ४बटा राज्यको ब्यबस्था गरेका छौ। हिन्दुस्तानको कृपा सदा प्राप्त भैरहन सस्कृति र भासा मात्र मिलेर नहुने भन्ने ठानेर हाम्रो अभियानले यि राज्यका नक्सा पनि हिन्दुस्तान संग मिल्दो जुल्दो हुने गरि राखियको छ (हेर्नुस तस्बिर)
कुनै जातिबाट, for a change, निस्चित ज्यामितिय आकार भयको राज्यको माग भयको खन्डमा त्यस्तो अबस्थाको लागि भनेर हाम्रो अभियानले गोलाकार, त्रिभुज, चतुर्भुज, वर्गाकार, पञ्चकोणाकार राज्यको नक्सा तयार पारेको छ (हेर्नुस तस्बिर) यस्ता राज्यमा बस्ने साना नानिहारुले स्कुलको सामाजिक सिछा बिसयको परिछामा आफ्नो जिल्लाको नक्सा बनाउन खासै मिहेनत गर्नु पर्दैन।

(पुनस्च: तस्बिरमा हरियो रङ्गमा रङ्गियका राज्यहरु आरछित राज्य हुन्। छुट्ठै राज्य पाइने लोभमा पछि जन्मने जातिका लागि यि राज्यहरु आरछित गरियका हुन्)  

No comments: